Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – आईपीएल क्रिकेट खेल्न भारतमा रहेका नेपाली युवा खेलाडी सन्दीप लामिछाने आइतबार नेपाल आउने भएका छन् ।

भारतमा जारी आईपीएलको दोस्रो क्वालिफायरमा उनको टिम दिल्ली क्यापिटल्स चेन्नाई सुपरकिंग्ससँग पराजित भएसँगै सन्दीपको पनि आईपीएल यात्रा टुंगिएको थियो । गत सिजनमा आईपीएलमा डेब्यू गरेको सन्दीपले यस पटक चाँडै नै मौका पाएका थिए ।

२०१८ को आईपीएलमा अन्तिमका तीन खेल खेलका सन्दीपले यस पटक सुरुको तेस्रो खेलमै टिममा स्थान बनाएका थिए । यस पटक उनले समग्रमा ६ खेलमा प्लेयिङ सेटमा स्थान बनाउँदा ८ विकेट लिए ।

आइतबार नेपाल आए पनि उनले आसन्न प्रधानमन्त्री कप (पीएम कप) खेल्न नखेल्ने बारे अहिलेसम्म टुंगो लागिसकेको छैन् । उनी प्रदेश तीनबाट खेल्ने सम्भावना रहे पनि यसबारे औपचारिक जानकारी सोमबार आउने बताइएको छ ।

तपाईको प्रतिक्रिया