बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

टोकियो – गायिका सम्झना लामिछाने मगर र गायक हरि खत्रीले पञ्चेबाजाको दोहोरी गीत ‘ठोक बाजा, ठोक’ को म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

जापानको फुकुओकामा बस्दै आएका हिमालजंग क्षेत्रीको शब्द र बिशाल क्षेत्रीको लयमा बनेको सो गीत सम्झना डिजिटल प्रा. लि. ले हालै बजारमा ल्याएको हो । सो भिडियोमा सर्जक हिमालजंग क्षेत्री र सायाँ भण्डारीको मुख्य अभिनय रहेको छ भने विक्रम चौहानको निर्देशन रहेको छ ।

मिलन विश्वकर्माको सम्पादन र प्रकाश खड्काको छायाङ्कनमा बनेको सो म्युजिक भिडियोमा जन्ती र लोकन्तीका प्रतिनिधी पात्रहरुबीच माया र प्रीतिका कथाबस्तुमा गीत बगेको छ ।***

तपाईको प्रतिक्रिया