शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो – यही साताको शनिवार र आइतवार गैरआवासीय नेपाली संघको ओसिनिया रिजनल सम्मेलन सिड्नीमा हुंदै छ ।

मे ११ र १२ मा हुने सम्मेलनमा नेपालको संघीय सरकारका कानून मन्त्री भानुभक्त ढकाल, अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोल्म्यान, गैरआवासीय नेपाली संघका नेताहरु र ब्यवसायीहरुको सहभागिता रहने ओसिनिया संयोजक धर्मराज अधिकारीले बताएका छन ।

‘इन्भेस्टमेन्ट, इनोभेसन र टुरिजम’ मूल नारा राखिएको यो सम्मेलनमा विभिन्न बुद्दिजिवीहरुले कार्यपत्रहरु पेश गर्ने र त्यसमाथि बहस हुने बताईएको छ ।
सम्मेलनमा एनआरएनका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव बद्रि केसी लगायतको सहभागिता रहने बताईएको छ ।

ओसियाना सम्मेलनसंगै एनआरएन अन्तर्राष्ट्रिय समितिको चुनावी चहलपहल बढ्ने अपेक्षा गरिएको छ । दुई वर्षे कार्यकालको उत्तरार्धतिर आईपुग्दा विभिन्न कोणबाट वर्तमान कार्यसमितिको मूल्यांकन सुरु हुन थालेको जानकारहरु बताउंछन । ***

तपाईको प्रतिक्रिया