बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

टोकियो – बागलुङ बिहुँकोट घर भई हाल साइतामा खावागोय बस्दै आउनु भएका हितराज कँडेलको आइतवार निधन भएको छ ।

नजिकैको पार्कमा उहाँको आइतवार मध्यान्ह १२ बजे निधन भएको बिहुँकोट समाजका अध्यक्ष देवीलाल सुबेदीले बताउनुभयो ।

श्रीमती र ३ छोराहरु सहित खावागोयमा बस्दै आउनुभएका ५३ बर्षीय कँडेलको हृदयघातबाट निधन भएको अध्यक्ष सुबेदीले जानकारी दिनुभएको छ ।
हाल काठेखोला गाउँपालिका वडा नंवर ५ निवासी कँडेल जापानमा आफ्नै रेष्टुरेन्ट ब्यवसायमा संलग्न हुनुहुन्थ्यो ।

स्व. कँडेलको भोलि मंगलवार साइतामाको खावागोयमा अन्त्येष्टि गरिने भएकोले अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित भईदिन बिहुँकोटबासी लगायत इच्छुक नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई समाजको तर्फबाट सुबेदीले अपिल गर्नुभएको छ ।***

अन्त्येष्टि गरिने स्थानको ठेगाना
350-0031 Saitama-Ken, Kawagoe-Shi, Kosenba 786-1

तपाईको प्रतिक्रिया