Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – गत वर्ष बलिउड कलाकार ऋषि कपूरले आफू उपचारका लागि अमेरिका जान लागेको बताएका थिए। उनले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदा धेरैले स्वास्थ्य लाभको कामना गरेका थिए। भलै उनको समस्या बारे कसैलाई थाहा थिएन। अमेरिका गएको केही पछि उनकी श्रीमती नीतु कपूरको ट्वीटले उनलाई क्यान्सर भएको संकेत दियो।

उनका दर्शकले स्वास्थ्यस्थिति बारे उचित जानकारी नपाइरहेको अवस्थामा कपूर परिवारले सकारात्मक संदेश प्रवाह गरेको छ। ऋषि कपूरका भाइ रणधिर कपूरले आफ्ना दाजु क्यान्सर मुक्त भएको जानकारी दिएका हुन्। उनले सामाजिक सञ्जालमा पारिवारिक फोटो सेयर गर्दै उक्त जानकारी दिएका हुन्।

उनले पोस्टमा ऋषि चाँडै इन्डिया फर्कने र परिवारसँग समय बिताउने समेत जनाएका छन्। यसअघि निर्देशक राहुल रवेलले पनि यो जानकारी गराएका थिए। उनको क्यान्सर स्टेज थ्रीमा पुगेर पत्ता लागेको थियो। तर, अझै पनि के क्यान्सर भएको भन्ने बारे स्पष्ट खबर सार्वजनिक भएको छैन।

उपचारका क्रममा बलिउडका विभिन्न कलाकारले ऋषिलाई भेटेका थिए। नीतु कपूरले ती कलाकारसँगको फोटोहरु पोस्ट गर्दै आएकी छिन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया