Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान शाखाले आइतवार स्वर्ण (५० औं) साहित्य शृङ्खला सम्पन्न गरेको छ ।

कार्यक्रममा करीव दुई दर्जन स्रष्टाहरुले आ-आफ्ना साहित्यिक सिर्जनाहरु वाचन गरेका थिए । स्रष्टाहरुको सिर्जनामा कतै देश प्रेम, माटोको माया, राष्ट्रिय भावना तथा देश दुखेका पीडा छचल्किएका थिए भने कतै नेपाली समाजमा विद्यमान विसंगति-विकृति र राजनीतिभित्रका फोहरमैलाप्रति कटाक्ष पाईन्थ्यो । समष्टीगतमा ज्यान विदेशमा भएपनि मन घरदेशमै भएको अनुभूतिहरु स्रष्टाहरुको सिर्जनामा झल्किन्थ्यो ।

संस्थाका अध्यक्ष दिप पाठकको सभापतित्वमा भएको सो साहित्यिक कार्यक्रममा नेपालबाट आमन्त्रित कवि तथा गीतकार समेत रहेका साहित्यिक स्रष्टा रमेश पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने अर्का युवा आख्यानकार मीनराज बसन्तको विशेष उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा नेपालमा हालसालै मात्र प्रकाशित बसन्तको आख्यान पिपिरी र अनेसास केन्द्रको मुखपत्र अन्तरदृष्टिको विमोचन गरिएको थियो ।

जापानमा अनेसास साहित्य शृङ्खलाको जग बसाल्ने पूर्व अध्यक्ष बेलुकाजी थापाले संस्था यहाँसम्म आईपुग्नुमा सबैको सहयोग रहेको बताए । आफूले बिउ राखे पनि संस्थालाई यहाँसम्म ल्याइपुर्‍याउन सबैको उत्तिकै साथ सहयोग रहेको बताउँदै उनले कृतज्ञता प्रकट गरे । केन्द्रका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ ले केन्द्र र च्याप्टरको बीचमा हातेमालो गर्दै अगाडि बढ्नका लागि आफ्नो तर्फबाट सँधै सक्रिय भूमिका रहने प्रतिबद्धता ब्यक्त गरे । यस्तै सल्लाहकार तिलक मल्ल, सुस्मा ओमाता, दिनेशराज ज्ञवाली, शिवप्रसाद पौडेल लगायतले अनेसासका साहित्यिक यात्राबारे आफ्ना अनुभूतिहरु सुनाएका थिए ।

लोकार्पित कृतिमाथि बोल्दै प्रमुख अतिथि रमेश पौडेलले, पिपिरी बाल्यकालिन दिनको सुन्दर चित्रण भएको बताए । पिपिरीमा बसन्तले बाल मनोविज्ञान, गाउँले चरित्र र नारी समवेदनालाई कुशलतापूर्वक आख्यानीकृत गरेको बताए । उनले भने -’पिपिरीमा एकपटक गाउँ फर्काउने शक्ति छ ।’

लेखक बसन्तले आफू अरबमा बसेर ‘मुदिर’ लेखेको स्मरण गरेका थिए । ‘एउटा लेखक लेखेरै पनि देश विदेश घुम्न सक्छ’ उनले लेखन यात्राबारे आफ्ना अनुभव सुनाउँदै भने – ‘मेरो सपनाको देश थियो जापान । त्यही सपना अनेसासले पूरा गरिदियो ।’

संस्थाका अध्यक्ष दीप पाठकले अनेसाससँग आफ्नो घनिष्ठता बारे भने – ’दुई वर्षे कार्यकालको उत्तरार्धमा छु, संस्थालाई जतिसक्दो बलियो र गतिशील बनाउन अझै पनि कुनै कसर बाँकी राख्ने छैन ।’ स्वर्ण शृङ्खलाकै सन्दर्भमा संस्थाका साहित्यिक गतिविधिहरुलाई अगाडि बढाउन योगदान पुर्‍याउने पूर्व अध्यक्षहरू क्रमशः बेलुकाजी थापा, दिनेशराज ज्ञवाली र सल्लाहकार सुष्मा ओमातालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा ‘अनेसास जापान-सिटी एक्सप्रेस’ कविता प्रतियोगितामा सर्बोत्कृष्ट तीन स्रस्टा क्रमशः सबिना रेग्मी, शरद पोखरेल र दीप मुस्कानलाई नगद तथा सम्मानपत्रले पुरस्कृत गरिएको थियो । साहित्यिक कार्यक्रममा अनेसासका रविन शर्माको कुशल सन्चालन रहेको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया