Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – सरकारले सुरु गरेको सबै नेपालीको बचत खाता अभियान अन्तर्गत ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक र सेञ्चुरी बैंकले बचत खाता सार्वजनिक गरेका छन्।

सबै बैंकले खाता खोल्ने ग्राहकलाई बोनस स्वरुप सय रुपैयाँ जम्मा गरिदिन्छन्।ग्लोबल आइएमई बैंकले समृद्धसँग जोडौ नाताः सबै नेपालीको बैंक खाता अभियान अन्तर्गत सबै नेपालीको बचत खाता शीर्षकको नयाँ बचत खाता सञ्चालनमा ल्याएको हो।

एनएमबी बैंकले एक घर एक खाता अभियान अन्तर्गत सबैका लागि बचत, सबैका लागि सहारा भन्ने नारा सहित एनएमबि बैकको सहारा बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकमा खाता खोल्नेले १८ वटा गम्भीर रोगहरु मध्ये कुनै एउटा रोग लागेको खण्डमा १० लाख रुपैयाँ सम्मको बीमा रकम पाउने जनाएको छ।बैंकका अनुसार खाता खोल्नेले सर्वाधिक व्याजदर पाउनुका साथै निशुल्क डिम्याट खाता, निशुल्क मोबाइल बैंकिङ, निशुल्क इन्टरनेट बैंकिङ लगायतका सुविधा पाउनेछन्।

सिटिजन्स बैंकले सरकारकै अभियान अन्तर्गत सिटिजन सरल बचत खाता सार्वजनिक गरेको छ। बैंकका अनुसार बचतकर्ताले वार्षिक ५ प्रतिशतका दरले व्याज पाउन सक्ने छन्। यो खाता मार्फत भिसा डेविट कार्ड, अन्तर शाखा कारोबार, आश्वा सेवा, निः शुल्क मोबाइल बैंकिङ सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

सेञ्चुरी बैंकले सेञ्चुरी सबैको खाता सञ्चालनमा ल्याएको छ। यो खाता शुन्य मौज्दातमा खोल्न सकिनेछ। २५० रुपैयाँ तिरेर ५ वर्षको लागि डेविट कार्ड  तथा पहिलो बैंक खाता खोल्ने ग्राहकलाई बैंकले एक सय रुपैयाँ खातामा जम्मा गरिदिने छ। खाता खोल्नले वार्षिक ६.५ प्रतिशत व्याजदर पाउन सक्ने छन्।

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले एनसीसी नेपाली नागरिक बचत खाता सञ्चालनमा ल्याएको छ। नेपाल बंगलादेश बैंकले २५ औं वार्षिकोत्सव एवम् नयाँ वर्षको उपलक्ष्यमा सरकारको अभियानलाई साथ दिदै आकर्षक बीमा सुविधा सहितको रजत बचत खाता संचालनमा ल्याएको हो। यो खाता २५ रुपैयाँमा खोल्न सकिनेछ।

तपाईको प्रतिक्रिया