Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो –  जापान र अमेरिकाबीच वासिङ्टन डिसीमा व्यापार वार्ता शुरु हुँदैछ । दुई देशबीच उत्पन्न व्यापार विवाद तत्कालै सुल्झाउने उद्देश्यले आजदेखि वार्ता हुन लागेको हो ।

वार्ता अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटथाइजर र जापानी अर्थमन्त्री तोशिमिचु मोटेगीबीच हुने छ । वार्ता दुई दिनसम्म चल्ने बताइएको छ । वार्तामा दुई देशबीच देखिएका व्यापार सम्बन्धी मुख्य-मुख्य विषयमा छलफल हुने गत हप्ता मोटेगीले बताएका थिए । जापान र अमेरिकाका सामानका विषयमा वार्ता केन्द्रित हुनेछ ।

अमेरिकाको निर्यात बढाउन र बढ्दो व्यापार घाटा कम गर्न अमेरिकी राष्ट्रपतिले व्यापार घाटा उच्च रहेका देशबाट आयातित केही वस्तुमा अतिरिक्त महसुल लगाएका छन् भने केहीमा थप महसुल लगाउने चेतावनी दिँदै आएका छन् । ट्रम्पले अमेरिकाका परम्परागत व्यापार साझेदारसँग नयाँ व्यापार सम्झौता गर्न खोजिरहेका छन् । गत वर्षको पूर्वाद्र्धमा विदेशबाट आयातित कार र स्पेयर पार्टपूर्जामा २५ प्रतिशतसम्म कर बढाउने सम्भावनाको खोजी गर्न ट्रम्पले प्रशासनलाई आदेश दिएका थिए ।

द्विपक्षीय व्यापारमा जापानले नाजायज फाइदा लिइरहेको आरोप ट्रम्पले लगाउँदै आएका छन् । यसलाई कुनै पनि शर्तमा वार्ताको माध्यमबाट सुल्झाउन उनले जोड दिँदै आइरहेका छन् । –एएफपी

तपाईको प्रतिक्रिया