Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १७, २०८१
Thursday, January 30, 2025

काठमाडाैं – संसारकै सबैभन्दा ठूलो हवाईजहाज स्ट्राटोलन्चले आफ्नो परिक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उक्त हवाईजहाजले अमेरिकाको दक्षिण-पश्चिम क्षेत्रमा रहेको मोजाभे मरुभूमिमाथि करीब अढाई घण्टा उडान भरेको थियो । स्ट्राटोलन्चले क्यार्लिफोनियास्थित मोजाभे एयर एण्ड स्पेस पोर्टबाट उडान भर्दै मोराभे मरुभूमिदेखि १७००० फिट माथिसम्म उडेको थियो ।

त्यसैगरी यस हवाईजहाजले १८९ माइल प्रती घण्टासम्मको गती लिन सफल भएको जनाइएको छ । स्ट्राटोलन्चको लम्बाई ७३ मिटर र यसका पखेंटासहितको चौडाई ११७ मिटर रहेको छ । यो प्लेन लम्बाईका हिसाबले नभएर पखेंटासहितको चौडाईको आधारमा संसारको सबैभन्दा ठूलो हवाईजहाज हो ।

विशेष गरेर भू-उपग्रहहरूको लागि लन्चींग प्याडका रुपमा प्रयोग गर्न निर्माण गरिएको स्ट्राटोलन्चले ५ लाख पाउण्डसम्म वजन भएका रकेट थेग्न सक्ने बताइएको छ । स्ट्राटोलन्चले सन् २०२२ सम्ममा भू-उपग्रहसहितका रकेट अन्तरिक्षमा पठाउने अपेक्षा गरिएको छ । यस हवाईजहाजले झन्डै ३५ हजार फिट माथिबाट रकेटको प्रपेक्षणमा लन्चींग प्याडको काम गर्नेछ ।

यो हवाईजहाजलाई स्ट्राटोलन्च सिस्टम्स कर्पोरेसनका लागि अमेरिकी एरोस्पेस कम्पनी स्केल्ड कम्पोजीट्सले निर्माण गरेको हो । स्ट्राटोलन्च सिस्टम्स कर्पोरेसन माइक्रोसफ्टका सह-सँस्थापक पल एलेनले सन् २०११ मा सुरु गरेका थिए ।

तपाईको प्रतिक्रिया