Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – नेपाल वायुसेवा निगमले दुई वटा वाइडबडी जहाज फुल फेजमा सञ्चालन गर्न नसक्दा ६ महिनामै १ अर्ब ६६ करोडभन्दा बढी घाटा भएको छ ।

महालेखापरीक्षकको कार्यालयको ५६औं वार्षिक प्रतिवेदनमा निगमका २ वटा वाइडबडी जहाजले लक्ष्यअनुरुप उडान गर्न नसक्दा सो मूल्य बराबरकाे घाटा भएको देखाएकाे छ । २०७५ श्रावणदेखि पौषसम्म ६ महिनामा १ अर्ब ६६ करोड ३१ लाख अनुमानित नोक्सानी हुन गएको प्रतिवेदनमा छ । यसअघि महालेखापरीक्षकको ५५औं वार्षिक प्रतिवेदनमा नेपाल वायुसेवा निगमले दुई वटा ए ३३०-२०० वाइडबडी विमान खरिद गर्न अपनाएको प्रक्रिया कानुनसम्मत नभएको र खरिद मूल्य मितव्ययी नभएको उल्लेख गरेको थियो ।

त्यस विषयमा संघीय संसदको सार्वजनिक लेखा समितिमा छलफल भई विमान खरिद सम्बन्धमा अध्ययन अनुसन्धान गर्न गठित उपसमितिको प्रतिवेदन समितिको बैंठकबाट अनुमोदन गरी आवश्यक अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइसकेको छ । वाइडबडी विमान खरिदको लागि स्वीकृत प्रस्तावमा पहिलो जहाज खरीद सम्झौता सेप्टेम्बर २०१७ र दोस्रो विमान खरीद सम्झौता मार्च २०१८ मा गरेको थियो । ती सम्झौतामा पहिलो विमान अप्रिल २०१८ र अर्को विमान मे २०१८ मा आपूर्ति गर्ने उल्लेख थियो ।

तर,  पहिलो विमान २५ जून २०१८ तथा दोश्रो विमान २४ जुलाई २०१८ मा प्राप्त भएकाले स्वीकृत प्रस्तावभन्दा पहिलो र दोस्रो विमान क्रमशः करिब ९ महिना र ४ महिना ढिलो प्राप्त भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । निगम सञ्चालक समितिले २ वटा वाइड बडी विमान सञ्चालनको व्यावसायिक योजना स्वीकृत गरेपनि योजनाअनुसार ती विमान सन् २०१९ बाट दमाम, सोल, सिड्नी, टोकियो र हङकङ उडान हुनुपर्नेमा हालसम्म गन्तव्यको टुङ्गो नलागेको प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया