Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रहेका रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको सेयर आगामी वैशाख ६ गतेदेखि खुल्ने भएको छ ।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा उर्जामन्त्री वर्षमान पुनले जनताको जलविद्युत कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन आग्रह गरे ।  रसुवागढीको १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर निश्कासन हुनेछ । जसमध्ये कर्मचारीहरुका लागि ४ लाख १० हजार ५२६ तथा म्युचुअल फण्डहरुका लागि ५ लाख १३ हजार १५७ कित्ता सेयर छुट्याइएको छ ।

त्यस्तै सान्जेन जलविद्युत कम्पनीको कुल ५४ लाख ७५ हजार कित्ता सेयर निश्कासन हुने भएको छ । कर्मचारी तथा म्युचुअल फण्डहरुलाई छुट्याएर ४९ लाख ८२ हजार २५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । दुवै कम्पनीको प्राथमिक सेयरमा आवेदकले न्यूनतम ५० देखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । जति रकमको आवेदन माग गरिएको सो बराबरको रकम बैंक खातामा रोक्का हुनेछ ।

सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुका शाखाबाट आवेदन दिन सकिनेछ । दुवै कम्पनीको सेयर चाँडोमा बैशाख १० गतेसम्म खुल्ला हुनेछ । सो अवधिसमम्म पूरा सेयरका लागि आवेदन नपरेमा जेठ ५ गतेभित्रको अवधिसम्म आवेदन पुरा हुनेवित्तिकै बन्द हुनेछ । दुवै आयोजनाको भौतिक प्रगति ५० प्रतिशतभन्दा बढी भएकाले आवेदनका साथ सम्पूर्ण रकम माग गरिएको बिक्री प्रवन्धकहरुले जनाएका छन् । रसुवागढीको बिक्री प्रवन्धकका रुपमा सिद्धार्थ क्यापिटल तथा सान्जेनको नागरिक लगानी कोषले जिम्मा लिएका छन् ।

रसुवागढी हाइड्रोपावरले १११ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ भने सान्जेनका ४२ र १४ मेगावाटका आयोजना बन्ने भएको छ।

तपाईको प्रतिक्रिया