Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एकै परिवारका ५ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये ३ जना बालबालिका छन् ।

थाई एयरवेजकाे विमानबाट विदेश जान लागेका काठमाण्डौ महानगरपालिका-७ मित्रपार्कका सुवास श्रेष्ठ, उनकी श्रीमती उमादेवी, २ छोरी र १ छोरालाई पक्राउ गरिएको नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यलयले जनाएको छ । सुरक्षा जाँचका क्रममा उनीहरुको साथबाट ४ देशका मुद्रा भेटिएको र अहिले थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाइएको कार्यालयका प्रमुख एवं एसएसपी सन्दीप भण्डारीले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट २२ हजार १ सय ५० थाई भाट, १३ सय ८० यूरो, १० हजार अमेरिकी डलर र ८० हजार चाइनिज युआन बरामद गरिएको छ ।

तपाईको प्रतिक्रिया