Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – काठमाडौँ महानगरपालिकाले तराईका बारा र पर्सामा हावाहुरीबाट प्रभावितका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बिहीबारको ३१ औँ कार्यपालिका बैठकले हावाहुरीबाट प्रभावितलाई उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

कामपाले प्रदान गर्ने उक्त रकम जनप्रतिनिधि र कर्मचारीकोको एक दिनको पारिश्रमिकबाट संकलन हुने रकम हो । बैठकले नगरसभामा चारवटा विधेयक प्रस्तुत गर्ने निर्णय पनि गरेको प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए। प्रस्तुत हुने विधेयकमा सार्वजनिक निजी साझेदारी, सवारी तथा यातायात व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र शहरी योजना आयोग सम्बन्धी रहेका छन् ।

बैठकमा विधायन समितिका सदस्य सचिव वसन्त आचार्यले विधेयकका दफावार व्यवस्था पेश गरेका थिए । प्रस्तुत विधेयकमा कार्यपालिका सदस्यले सुझाव दिएका थिए । यही चैत २४ गते महानगरको नगरसभा हुनेछ । शहरी व्यवस्थापनलाई जन अपेक्षा बमोजिम बनाउन आवश्यकपर्ने कानून तर्जुमा गर्ने क्रममा उल्लेखित विधेयकलाई कार्यपालिकाको गत फागुन १७ गते बसेको ३०औँ बैठकले अवधारणागत सहमति दिएको थियो । त्यही बैठकले नगरसभाको मिति समेत तय गरेको थियो ।

तपाईको प्रतिक्रिया