Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – एक वर्षमा नेपालीको आय ७० डलर (सात हजार रुपैयाँ) ले बढेको छ। गत आर्थिक वर्षमा १००४ अमेरिकी डलर रहेको नेपालीको औसत आय यो वर्षमा १०७४ डलर पुग्ने प्रक्षेपण राष्ट्रिय योजना आयोगले गरेको छ। यद्यपि, आयोगमातहत रहेको केन्द्रीय तथ्यांक विभागले औपचारिकरुपमा अहिलेसम्म यो तथ्यांक सार्वजनिक भने गरेको छैन।

पन्ध्रौँ आवधिक योजना र दीर्घकालीन सोच २१०० को अवधारणापत्रमाथिको छलफल कार्यक्रममा आयोगका उपाध्यक्ष प्रा. डा पुष्षराज कँडेलले चौधौँ योजनाको अन्तिम वर्ष (चालु आर्थिक वर्ष)मा प्रतिव्यक्ति आय १०७४ अमेरिकी डलर पुग्ने जानकारी दिए। उनका अनुसार बिक्रम सम्बत २०७९ को अन्त्यमा प्रतिव्यक्ति आय १४०० डलर, २०८७ सम्ममा प्रतिव्यक्ति आय २९०० डलर र २१०० सम्ममा १२ हजार १०० अमेरिकी डलर पुग्नेछ।

चालु वर्षमा १०७४ अमेरिकी डलर नेपालीको आम्दानी पुग्दा गत आर्थिक वर्षको तुलनामा औसत आय ७ प्रतिशतले बढ्नेछ। अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा औंसत आय १२.३ प्रतिशतले बढेको थियो। नेपालले दीगो विकास लक्ष्य स्वीकार गरेको वर्ष (२०७२)मा प्रतिव्यक्ति आय ७७२ डलर थियो।

तथ्यांक विभागसम्बद्ध अधिकारीहरुका अनुसार आर्थिक वृद्धि र प्रति व्यक्ति आयको अन्तिम तथ्यांक तयार भइसकेको छैन। यद्यपि, आर्थिक वृद्धिदर ६.५ प्रतिशतकै हाराहारीमा रहने उनीहरुको अनुमान छ। चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६.७ प्रतिशत आर्थिक वृद्धिको तथ्यांक विभागले अर्थ मन्त्रालय पठाएको थियो।

‘चौधौँ योजनाको अन्त्यसम्ममा हामीले राखेका अधिकांश विकासका सूचकको हामी नजिक छौँ, सामाजिक क्षेत्रमा लक्ष्यभन्दा धेरै प्रगति पनि हासिल भएको छ,’ कँडेलले भने। उनले पच्चिसौँ वर्षमा पुग्दा आर्थिक वृद्धिदर औसत १०.५ प्रतिशत, कूल गार्हस्थ उत्पादनमा कृषि र वनको योगदान ९ प्रतिशत तथा उद्योगको योगदान ३० प्रतिशत पुर्या उने महत्वकांक्षी लक्ष्य पनि सार्वजनिक गरेका छन्।

प्रतिव्यक्ति आयको अहिलेको वृद्धिको दर हेर्दा अबको चार वर्षपछि प्रतिव्यक्ति आय १४०० अमेरिकी डलर पुर्याउन कठिन हुने देखिएको छ। चार वर्षमा तीनसय ३० अमेरिकी डलर पुर्यातउन प्रत्येक वर्ष १७ प्रतिशतका दरले आय वृद्धि गर्नुपर्ने हुन्छ।

सरकारले सन् २०३० सम्ममा मध्यम आय भएका मुलुकको सूचीमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ। यसका लागि प्रतिव्यक्ति आय २९०० डलर पुर्यारउने लक्ष्यमा उल्लेख छ। नेपालमा पछिल्लो करिब ९ वर्षमा प्रतिव्यक्ति आय दोब्बर भएको आर्थिक सर्भेक्षणमा उल्लेख छ। अहिलेकै वृद्धिदरबाट लक्ष्य हासिल हुन कठिन देखिएको छ।

अहिले सत्तासिन नेपाल कम्युनिष्ट पार्टीले पाँच वर्षमा प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर पुर्यापउने घोषणा गरेको थियो। सत्तारुढ दलले चुनावमा गरेको प्रतिवद्धताअनुसार प्रतिव्यक्ति हासिल नहुने निश्चित देखिएको छ।

तपाईको प्रतिक्रिया