आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – बलीवुड अभिनेत्री सनी लियोनी आफ्नो कामका लागि जति गम्भीर छिन् रियल लाईफमा त्यति नै कुल । काम गर्दा जति बेला उनले मस्ती गर्ने मौका पाउँछिन् मस्ति गर्न छोड्दिनन् ।

उनको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा उनी केक चोरिरहेको देखिन्छिन् । यो भिडियो एक एफएम रेडियो स्टेशनमा शूट गरिएको हो । सनी भिडियोमा केक चोरेर आफ्नो ब्यागमा राख्दै गरेको देखिन्छिन् ।

चोरी गर्दागर्दै समातिएपछि उनी भन्छिन् – हाम्रा साथीहरु मेहनतसँग काम गरिरहेका छन् । तर उनीहरुका लागि थोरै पनि केक बाँकी नराख्ने । भिडियो सनीले आफ्नो ट्वीटर अकाउण्टबाट शेयर गरेकी छन् ।

उनले भिडियोसँगै लेखेकी छन् – हो म कामका क्रममा मजाले रमाइलो गर्छु । यति गर्दा पनि मेरो टिमलाई केकको एक टुक्रा पनि दिँदैन । म आफै केक लिन्छु र खान्छु ।

कामको कुरा गर्ने हो भने सनी छिटै फिल्म वीरमादेवीमा देखिँदैछिन् । यस फिल्ममा सनी एक योद्धाको भूमिकामा देखिनेछिन् । फिल्मको फस्ट लुक गत वर्ष नै सार्वजनिक गरिएको थियो ।

https://www.youtube.com/watch?v=EVsvm2UYGm4

तपाईको प्रतिक्रिया