आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – लोकप्रिय सर्जक शिव हमालको पछिल्लो गीत लालुमैले आक्रामकरुपमा बजार पिटेको छ भने सबैको मन मुटुमा बस्न सफल भएको छ । गीत सार्वजनिक भएको एक महिनाको अवधिमा ५० लाख भन्दा धेरै पटक युट्युबमा हेरिएको छ।

शिव हमालको लय तथा शब्द साथै सन्दीप न्यौपाने र विष्णु माझीको आवाज रहेको गीतमा प्रकाश भट्टको निर्देशन रहेको छ । एक दर्जन भन्दा धेरै कलाकारहरुलाई नेपाली गीत संगितमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने लोकदोहोरीका कुशल सर्जक शिव हमालको अत्यन्तै मार्मिक र मौलिक नयाँ गीत १३ फेब्रुवरीको दिन सार्वजनिक भएको थियो ।

भिडियोमा गायक न्यौपाने र मोडल सृष्टि खड्काले अभिनय गर्नुभएको छ । भिडियोमा राजेश घिमिरेको छायाँकन, पुष्पा बर्माको ड्रेस, सृष्टि थापा मगर र रोसन भुसालको मेकअप र विष्णु शर्माको सम्पादन रहेको छ ।***

तपाईको प्रतिक्रिया