आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

केन्ट, यूके – बेलायतमा ‘बाँसुरी समुह यूके’ को दोस्रो बाँसुरी भेला आइतवार सम्पन्न भएको छ ।

बेलायतमा यस समुहको स्थापना सन २०१७ तिर फेसबुक मार्फत खड्क क्षेत्रीले सुरु गरेका हुन् । यूकेमा रहेर पनि नेपाली लोक बादनलाई जगेर्ना गर्नु तथा सम्बर्धन गदै जानु उक्त समुहको उद्देश्य रहेको छ । त्यसै अनुरुप सदस्यहरु बढ्दै गएसँगै बेलायतमा हुने कार्यक्रमहरुमा निमन्त्रणा आउन थालेपछि कार्य समिति खडा गरेर सांगठनिक रुपले अघि बढ्न सजिलो हुने भएकोले भेलाद्वारा कार्य समितिको गठन गरिएको छ ।
उक्त ‘बाँसुरी समुह यूके’ ले गत वर्ष ‘बासुरी चौतारी बेलायत’ को नामले पहिलो भेला सन २०१८ मा गरेको थियो, जुन क्लोज ग्रुप भएको हुनाले यस वर्षबाट ओपन फेसबूक पेज जसलाई ‘बाँसुरी समुह यूके’ नाम राखेर सञ्चालनमा ल्याईएको छ ।
बिगत वर्ष जस्तै यस वर्ष पनि बाँसुरीमा डिप्लोमा गरेका, शाष्त्रिय संगीत सिकेका साथै बाँसुरीमा एक दशक खोज अनुसन्धान गरेका दिपक चाम्लिङ्ले आफ्ना अनुभवहरु बाँडेका थिए त्यस पश्चात उनले केहि मीठा बाँसुरीका धुनहरु पनि सुनाएका थिए ।
एम्पायर हल, अल्डरसटमा भएको सो भेलाको अन्त्यपछि रात्रीभोजका साथै बाँसुरी बजाएर उपस्थित सबैलाई भरपुर मनोरञ्जन पनि दिलाईएको थियो ।

बाँसुरी समुह यूकेको नयाँ कार्य समितिको अध्यक्षमा खड्क क्षेत्री, सचिवमा सेमन्त राई, कोषाध्यक्षमा लोक थापा
व्यवस्थापनमा कुल थापा र मिडियमा सुरेन्द्र इङ्नाम रहेका छन् । यसैगरी सदस्यहमा बिस पुन, भरत राई, कमल थापा, मेघ गुरुङ, भूपाल गुरुङ, पदम गुरुङ रहेका छन् भने दिपक चाम्लिङ् ‘प्रतिसुच्चा’ लाई सल्लाहकारमा चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया