Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडाैं – व्यस्त जीवनशैली र सही खानपान नहुनुको असर प्रत्यक्ष रुपमा हाम्रो स्वास्थ्यमा परिरहेको छ । पछिल्लो समय मुटुसम्बन्धी रोग, मोटोपना र डायबिटिजका साथै मिर्गौलासम्बन्धी समस्या पनि तिव्र रुपमा बढिरहेको छ । आज जानौँ, मिर्गौला स्वस्थ राख्न आवश्यक रेनल डाइटबारे ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

के हो रेनल डाइट ?
रेनल डाइट यस्तो खाना हो, जसमा सोडियम, फस्फोरस र प्रोटिनको मात्रा केही कम हुन्छ । यस डाइटले रगतमा विकार तत्वको मात्रा कम गर्छ, जसले मिर्गौलाको भार घटाउँछ, र मिर्गौला स्वस्थ राख्न मद्दत गर्छ ।

खानामा यी तीन चिज कटौती गर्दा तपाईंको खाना रेनल डाइट बन्न सक्छ :-

नुन
नुनमा प्रचुर मात्रामा सोडियम पाइन्छ । सोडियम शरीरका लागि आवश्यक तत्व हो, तर यसको बढी मात्रा मिर्गौलाका लागि सबैभन्दा ठूलो खतरा हो ।

प्रायः नेपालीको भान्सामा नुनको प्रयोग आवश्यकताभन्दा बढी नै हुन्छ । त्यसैले, मिर्गौलाको सुरक्षाका लागि खानामा नुनको मात्रा घटाउनु आवश्यक छ । यसले मिर्गौलासम्बन्धी अधिकांश रोगको जोखिम घटाउँछ । स्वादका लागि नुनको सट्टा भिनेगार, कागती, टिमुरजस्ता विकल्पको प्रयोग गर्न सकिन्छ ।

प्रोसेस्ड र जंक फुड
प्रशोधित र प्याकेटमा राखिएका खाद्यपदार्थ (प्रोसेस्ड र जंक फुड) मिर्गौलाका लागि हानिकारक हुन्छन् । यी खाद्यपदार्थको सेवन गर्न छोड्नु मिर्गौलासम्बन्धी स्वास्थ्यका लागि महत्वपूर्ण कदम हो ।

प्रचुर मात्रामा पोटासियम हुने खाद्यवस्तु
शरीरका लागि पोटासियम निकै महत्वपूर्ण तत्व हो । तर, यसको मात्रा आवश्यकताभन्दा माथि हुनु भने राम्रो होइन । जब मिर्गौला सही ढंगले काम गर्दैन, रगतमा पोटासियमको मात्रा बढ्छ । यसबाट मुटुको धड्कनमा असर पर्छ, र हृदयघातको सम्भावना बढ्छ ।

त्यसैले, प्रचुर मात्रामा पोटासियम पाइने केरा, सुन्तला, जुनार, आलु, ब्रोकाउली, बन्दा, च्याउ, काजु, बदाम, सखरखण्ड, आँपजस्ता खाद्यवस्तु ज्यादा सेवन मिर्गौलाका लागि जोखिम बन्न सक्छ ।

तपाईको प्रतिक्रिया