Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – पुरुषको आवश्यकतासँग जोडिएको कण्डम निःशुल्क हुने तर, महिलाका लागि नभै नहुने स्यानिटरी प्याड किन निःशुल्क नहुने ? अहिले यो विषयले चर्चा पाएको छ । धेरैजसो अधिकारकर्मी तथा नारी समानताका लागि काम गर्दैआएका सङ्घसंस्थाले यो विषयलाई महत्वका साथ उठाइरहेका छन् ।

एक महिलाले किशोरी अवस्थामा प्रवेश (११ देखि १५ वर्ष) गरेदेखि करीब ५०-५२ वर्षको उमेरसम्म मासिक धर्म अर्थात् महिनावारीलाई बेहोर्नुपर्छ । खर्चकै हिसाबले पनि यो महङ्गो पर्छ । वर्षभरि खानै नपुग्ने दुर्गम भेगका महिलाले जे गरेर भए पनि यसको जोहो गर्नैपर्छ । दाङको ग्रामीण क्षेत्रमा पर्ने एउटा विद्यालयमा आयोजित सचेतना कार्यक्रमका एक किशोरीले जुरुक्क उठेर भनिन्- ‘बजारमा कसैले बार्दैनन् । गाउँमा हाम्ले मात्रै किन बार्ने ?’ महिनावारी बार्नु कष्टकर छ भन्ने उनको अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।

घोराहीकी सामाजिक अभियन्ताकी ११ वर्षीया छोरी पहिलो पटक महिनावारी भइन् । कक्षा ५ मा पढ्दै गरेकी उनलाई महिनावारी के हो थाहा थिएन । न विद्यालयको पाठ्यक्रममा समावेश थियो, न परिवारमा यसबारे कसैले कुरा गरेको उनले सुन्न पाइन् । साथीहरुले यसबारे चर्चा गरेको उनलाई थाहा थिएन । महिनावारी हुने बित्तिकै ती बालिका डरले चिच्याउँदै रोएकी ती अभियन्ताले सुनाइन् ।

अधिकाँशलाई किशोरीलाई महिनावारी हुँदा त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने ज्ञान हुँदैन । महिनावारी हुँदा स्यानिटरी प्याड कहाँ पाइन्छ ? कति मूल्य पर्छ ? कसरी प्रयोग गर्नुपर्छ ? किन गर्नुपर्छ ? भन्ने जस्ता कुरा हुर्कंदै गरेका किशोरीहरुलाई खासै थाहा हुँदैन । महिनावारीको समय पुगेका बालिकाहरुलाई परिवारको साथ, सहयोग र ढाढसको आवश्यकता पर्दछ । यसबारे स्थानीय तहमै सरकारी स्तरबाट समेत अभियान चलाउनुपर्ने खाँचो छ ।

मनोविमर्शकर्ता सुशीला आचार्यका अनुसार शारीरिक परिवर्तन हुँदै गरेको देखेर अलमलमा रहेका किशोरीहरुमा एकैपटक महिनावारी बेहोर्नु पर्दा एक प्रकारको त्रास सिर्जना हुन्छ । त्यस माथि परिवारले छोइछिटो गर्दा उनीहरु मानसिक एवं सामाजिक रुपमा कमजोर महशुस गर्न पुग्छन् ।

‘किशोरीहरुले शरीरमा आएका परिवर्तनका कारण एक्लै बस्न मन गर्ने र भावनात्मक रुपले कमजोर महशुस गर्ने हुन्छ,’ उहाँले भन्नुभयो- ‘शरीरमा भएका परिवर्तनलाई सहज रुपले ग्रहण गर्न सक्ने वातावरण परिवारले दिनुपर्छ । अनि मात्र किशोरीको आत्मबल बढ्छ ।’ यस्तो समयमा छुट्टै बसाल्ने र छोइछिटो गर्ने परिपाटी नै गलत उहाँ ठान्नुहुन्छ । परिवारसँगसगै विद्यालयका शिक्षक, साथीहरु र समाजको सकारात्मक व्यवहार पनि किशोरीहरुलाई आवश्यक पर्छ ।

विद्यालयमा पढ्दै गरेका किशोरीहरुलाई विशेष गरी महिनावारीको समयमा आवश्यक पर्ने स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउनुपर्ने उहाँ ठान्नुहुन्छ । ‘पकेट खर्च नहुने किशोरीहरुले कसरी किन्न सक्छन् यति महङ्गो स्यानिटरी प्याड ?’ उहाँ भन्नुहुन्छ- ‘महिलाको स्वास्थ्य सुरक्षाको दृष्टिले पनि स्यानिटरी प्याडलाई सर्वसुलभ बनाइनुपर्छ ।’

तपाईको प्रतिक्रिया