Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – विश्व श्रवण दिवसका अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले नाक, कान र घाँटीको निःशुल्क परीक्षण गर्ने भएको छ।

आउँदो आइतबार अस्पतालले –  ‘आफ्नो श्रवण शक्ति जाँचौँ’ भन्ने मूल नाराका साथ नाक, कान, घाँटीका बिरामीहरुका लागि निःशुल्क परीक्षण गर्ने भएको हो ।

नर्भिकको नाक–कान–घाँटी विभागले बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कान सम्बन्धी समस्याहरूको निःशुल्क जाँच तथा परामर्श सेवा उपलब्ध गराउने जनाएको छ ।

विकासशील र अल्प विकसित मूलुकहरूमा हाल तिब्र गतिमा बढ्दै गएका प्रदुषण, वायु प्रदूषण लगायत संक्रमणका कारण मानिसको श्रवण शक्तिमा समस्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन्।

ती मध्य पनि अत्याधिक ध्वनिसहितका कल–कारखानामा कार्यरत श्रमिक, विमानस्थल वरपरका बासिन्दा, अनियन्त्रित सार्वजनिक यातायातका ध्वनि, लामो समय ठूलो आवाजसहितको एयरफोन प्रयोग गर्ने बानी भएकाहरु, चर्को आवाजसहितको मनोरञ्जन र कानमा भएका विभिन्न संक्रमणहरूले गर्दा श्रवण शक्तिमा समस्या मात्र निम्त्याउने नभई बहिरोपनाको सम्भावना धेरै भएको चिकित्सकहरु बताउँदै आएका छन्।

त्यसैले श्रवण शक्ति समस्याको बारेमा समयमै पहिचान गरी उपचार गर्नाले श्रवण शक्ति जोगाउन वा बहिरोपन सकिने उनीहरुले बताउँदै आएका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्ककाअनुसार हाल विश्वभर करीव ४६ करोड मानिसहरु श्रवण शक्तिको समस्याबाट पीडित छन् । ती मध्य ३४ करोड बालबालिका मात्रै रहेको उल्लेख गरिएको छ ।

नेपालमा कति त्यस्ता विरामी छन् भन्ने तथ्यांक नभएपछि संख्या अत्यधिक रहेको अनुमान छ । ***

तपाईको प्रतिक्रिया