Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – हिजोआज सानो उमेरका बच्चामा दाँतसम्बन्धी विभिन्न समस्या देखिन्छ । यसरी दाँतमा समस्या हुँदा पाचन प्रक्रियामा प्रभाव पर्छ । किनकि, दाँतले पाचन प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्छ । दाँत स्वस्थ भयो भने बच्चाको स्वास्थ्य पनि राम्रो हुन्छ । खासगरी, अभिभावककै लापरबाहीले बच्चाको दाँत बिग्रेको पाइन्छ । त्यसैले, बच्चाको जीवनशैलीमा ध्यान पु-याउनुपर्ने हुन्छ ।

बिग्रने कारण र बच्ने उपाय
– सानै उमेरमा बच्चाको दाँत बिग्रने प्रमुख कारण भनेको लापरबाही तथा दाँतको स्याहारमा ध्यान नदिनु हो । त्यसैले यसतर्फ अभिवावकले विशेष ध्यान दिनुपर्छ ।
– अर्को कारण गुलियो चकलेट र जंकफुड नै हुन । चकलेट र जंकफुड धेरै खाने बालबालिकामा दाँत प्रायः कमजोर हुन्छन । यस्ता कमजोर दाँत निकाल्नुपर्ने पनि हुन सक्छ ।
– दाँत साटिएपछि आमाबाबुले आफनो बच्चाको दाँतमा खासै ध्यान दिएको पाइँदैन । फेरिएर आउने दाँत पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने
उनीहरूले बुझनुपर्छ ।
– दाँत किराले खाने समस्या बच्चामा प्रमुख रूपमा देखिएको छ । किराले खाएर या अन्य कारणले दाँतमा समस्या देखिएमा उनीहरूले चाहेअनुसारका खानेकुरा खान सक्दैनन । यसले बच्चाको स्वास्थ्यमा अन्य समस्यासमेत देखापर्न सक्छ ।
– बिहान–बेलुका खाना खाएपछि ब्रस गर्न लगाउनुपर्छ । गुणस्तरीय टुथ पेस्टले राम्ररी दाँत सफा गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया