Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडाैं – चिनियाँ स्मार्टफोन निर्माता हुवावेले आफ्नो प्रतिस्पिर्धी स्यामसुङलाई टक्कर दिँदै नयाँ फोल्डिङ फोन सार्वजनिक गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसरी स्यामसुङको फोन लन्च भएको एक हप्ता पनि नबित्दै हुवावेले स्यामसुङ भन्दा ठूलो स्क्रिन भएको फोल्ड गर्न मिल्ने स्मार्टफोन सार्वजानिक गरेको हो । दुवै कम्पनीले पहिलोपटक फोल्ड गर्न मिल्ने फोन निर्माण गरेका छन् । दुवैको बाहिरी रुपदेखि भित्री फिचर र मूल्य समेत फरकफरक रहेको बताइएको छ ।

हुवावेको ‘मेट एक्स’ को स्क्रिन बाहिरबाट फोल्ड हुन्छ भने स्यामसुङको भे भित्रबाट फोल्ड गर्नुपर्ने हुन्छ । यसरी मेट एक्स सार्वजानिक गर्दैगर्दा हुवावेले कार्यक्रममा उपस्थित सबैलाई यो ह्यान्डसेटलाई नजिकैबाट हेर्ने मौका दिएको छ । तर स्यामसुङले भने बाहिरी मानिसलाई ग्यालेक्सी फोल्ड अध्ययन गर्न दिइसकेको छैन ।

यसरी वर्षभरि विवादमा रहनुपरेपनि हुवावेले कार्यक्रममा नयाँ उत्साह र आत्मविस्वासका साथ आफ्नो नयाँ फोन सार्वजानिक गरेको हो । स्मार्टफोनको दुनियाँमा आफूहरु विश्वमै सबैभन्दा अगाडि रहेका दर्शाउँदै हुवावेले बलियो प्रदर्शन गरेको बताइएको छ ।  यसरी कार्यक्रममा हुवावेले बारम्बार आफ्नो फोनलाई आइफोन र स्यामसुङसँग तुलना गरिरहेको पनि पाइएको थियो । यसमा हुवावेको मेट एक्सको पूरा स्क्रिन ८ इन्चको छ भने स्यामसुङको चाहिँ ७.३ इन्चको छ । त्यस्तै मेट एक्सलाई फोल्ड गर्दा स्क्रिन ६.८ इन्चको हुन्छ जुन आइफोन एक्सएस म्याक्स भन्दा ठूलो रहेको बताइएको छ ।

त्यस्तै फोल्ड गरिएपछि मेट एक्स ०.४३ इन्च मोटो हुन्छ भने स्यामसुङको मोटाइ ०.६७ इन्च रहेको छ । यसरी हुवावेको पातलो र ठूलो स्क्रिन भएको फोनले स्यामसुङलाई राम्रै चुनौति दिने बताइएको छ । तर स्यामसुङ फोल्डको जसरी मेट एक्सको क्यामरा भने फोल्ड गर्दा एकैतर्फ हुँदैन । यसको क्यामरा छेउपट्टी रहेको हुँदा सेल्फी लिनका लागि भने मेट एक्स फोल्ड गर्नै पर्ने हुन्छ र यसको फिंगरप्रिन्ट सेन्सर पनि त्यहीँ राखिएको छ ।  यसरी मेट एक्सले पनि स्यामसुङ जस्तै फाइभ जी सपोर्ट गर्नेछ र पछि हुवावेकै फाइभ जी मोडेमसहित आउने बताइएको छ । जसले राम्रो कनेक्सन उपलब्ध हुँदा एक जिबीको फिल्म तीन सेकेन्डमै डाउनलोड गर्न सक्ने बताइएको छ ।

स्यामसुङको जसरी नै मेट एक्समा पनि दुवै फोल्डमा ब्याट्री छ तरपनि स्यामसुङ फोल्ड भन्दा धेरै छिटो चार्ज गर्न मिल्ने बताइएको छ । यसरी मेट एक्सको मूल्य भने २६,०० डलरबाट सुरु हुने बताइएको छ । यस वर्षको बीचतिर बिक्रिका लागि बजार भित्रिने बताइएको छ । यता स्यामसुङको मूल्य भने १,९८० डलर बताइएको छ । तर करसहितको शुल्क जोड्दा दुवैको मूल्यबीचको अन्तर भने धेरै नहुने बताइएको छ । –बीबीसी

तपाईको प्रतिक्रिया