Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडाैं – नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा प्राविधिक जनशक्तिको अभाव देखिएको छ । आवश्यक पर्ने प्राविधिक जनशक्ति आपूर्तिका लागि नार्कले आह्वान गर्दा त्यो पदमा आवेदन नै नपर्ने गरेको छ । जसकारण नार्कमा प्राविधिक जनशक्तिको अभाव देखिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गत वर्षमा नार्कले जनशक्ति माग गर्दा बालीरोग विज्ञ, पशु अनुसन्धान विज्ञलगायतका उपसमूहमा आवेदन नै नपरेको नार्कले जनाएको छ । नार्कका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेलले एकातिर यी विषय अध्ययन गरेका विद्यार्थीको कमी र अर्कातिर अध्ययन गरेकाले पनि नार्कको सेवाप्रति आकर्षित नहुँदा विभिन्न उपसमूहमा आवेदन नपरेको जानकारी दिनुभयो ।

कृषिका क्षेत्रमा नयाँ अध्ययन र अनुसन्धान गर्ने संस्थामा जनशक्ति रिक्त भएका ठाउँमा पूर्ति नभएपछि कार्यक्रम प्रभावित हुने सम्भावना बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नार्कको सेवाप्रति किन युवा वैज्ञानिक आकर्षित हुन सकेको छैनन्, यसतर्फ अध्ययन र अनुसन्धान गरी सोही अनुरुपको कार्यक्रम तथा योजना ल्याउनुपर्ने खाँचो छ ।’

कूल चार सय छ वैज्ञानिकको दरबन्दी रहेको नार्कमा अहिले २२५ कार्यरत छन् । कृषि वैज्ञानिकलाई आकर्षित गर्ने योजना नार्कले नबनाउँदा समस्या अझै थपिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कृषि वैज्ञानिक जाने क्रम नरोकिने र नयाँ पनि नआउने हो भने अध्ययन अनुसन्धानमा ठूलो बाधा पुग्न सक्छ ।’

तपाईको प्रतिक्रिया