शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – क्योदाइ आइएमइले सञ्चालन गरेको बोनस पोइन्ट योजना २०१९ अन्तर्गत जनवरी महिनाको लक्की ड्र सार्बजनिक गरेको छ ।

जापानबाट नेपाल लगायत संसारभरि पैसा पठाउने रेमिट्यान्स सेवा पुर्‍याउँदै आएको स्थापित कम्पनी क्योदाई आईएमइले आफ्ना ग्राहकहरुका लागि सञ्चालन गरेको बोनस पोइन्ट योजना अनुसार जनवरी महिनाको लक्की ड्र को हालै सम्पन्न गरेको हो ।

जसअनुसार १० जनाले ५ हजार येनको गिफ्ट कार्ड प्राप्त गरेका छन् । गिफ्ट कार्ड विजेताहरुमा सोमबहादुर छन्त्याल, सरोज गौतम, चन्द्रदत्त सापकोटा, कृष्ण थारु, रामु सुबेदी, संगिता राना, चित्रबहादुर थापा, अनिलकुमार रुचाल, निरञ्जन रुम्बा र श्याम अधिकारी रहेका छन् ।

यसैगरी लक्की ड्र को आधारमा ४ जनाले वायरलेस हेडफोन प्राप्त गरेका छन् । वायेरलेश हेडफोन विजेताहरुमा किशोरबहादुर भण्डारी, मनकुमारी गुरुङ, प्रकाशजङ तामाङ र प्रशान्त चौलागाईं रहेका छन् । यसैगरी १ जनाले मात्र पाउने ब्राण्डेड ट्याबलेट भने छबिलाल गैरेले हात पारेका छन् ।
भाग्यशाली उपहार योजनाका बारेमा बिस्तृत जानकारीका लागि कम्पनीको आधिकारिक फेसबुक पेज हेर्न सकिने कम्पनीका कर्मचारी दिलिपराज पण्डितले बताएका छन ।

रेमिट्यान्सको क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाईसकेको क्योदाइ आइएमइले आफ्ना ग्राहकहरुका लागि प्रोत्साहित गर्न नियमितरुपमा विभिन्न उपहार योजनाहरु बजारमा ल्याउने गरेको छ ।***

तपाईको प्रतिक्रिया