शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – जापानमा रहेका नेपाली विज्ञहरु र नेपाली राजदूताबास जापानको सहकार्यमा भएको नेपाल जापान डाइलग सिरिजको तेश्रो श्रृंखला आइतबार फेब्रुअरी ३ तारिक को दिन टोकियोको इचिगाया स्थित जाइका अन्तरास्ट्रिय सभा हलमा सम्पन्न भएको छ ।

मूलतः जापानको स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा जापानी विज्ञहरु बीच भएको अन्तरक्रिया कार्यक्रममा नेपालको स्वास्थ्य सेवा प्रणालीको विभिन्न माइक्रो तथा म्याक्रो लेभलका बिषयमा छलफल गरिएको थियो ।

दुई सत्रमा बिभाजन गरिएको यस कार्यक्रमका सहजकर्ता डा.प्रकाश शाक्यले जापानमा विश्वकै उत्कृस्ट प्रबिधि र बिकाश भएकोले जापानको स्वास्थ क्षेत्रबाट धेरै कुराहरु सिक्न सकिने बताउनुभएको थियो।

पहिलो सत्रमा युनिभर्सिटी अफ टोकियोे हेल्थ साइन्सका अध्यक्ष प्रा.डा.यासुओ साकुमाले नेपाल सरकारले क्लिनिकल क्षेत्रमा चिकित्सक साथै हेल्थ अनुसन्धानकर्ता र बेसिक मेडिसिनका बिज्ञहरुपनि उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने बताउनुभएको थियो ।

त्यस्तै, उहाँले आफ्नै ल्याबबाट २ जना नेपालीले पिएचडि गरिसकेको स्मरण गराउदै भबिष्यमा अरु पनि इच्छुक नेपाली बिद्यार्थीहरुलाई सहयोग गर्न आफु तत्पर रहेको बताउनुभएको थियो ।

त्यसैगरी, मेडिकल डाटा कार्ड कम्पनीका चिफ अपरेटिंग अफिसर यासुयुकी सुजुकीले आफ्नो मेडिकल रेकर्डहरुलाइ डिजिटलमा राख्नु पर्ने बताउनुभएको थियो । इताबाशी मेडिकल असोसिएसन हस्पिटलका निर्देशक प्रा.डा.हिरोयुकी इजुमीले जापानमा स्वास्थ्य बीमा प्रणालीको सुरुवाती र यसको महत्वको बारेमा दर्शाउनु भएको थियो ।

दोश्रो सत्रमा टोकियो युनिभर्सिटीका उप प्राध्यापक डा.लुशुन चालिसेले नेपाल र जापान मेडिकल प्रणालीको फरक साथै जापान बाट सिक्न सकिने पक्षहरु औल्याउनु भएको थियो।

सुइता तोकुसुकाइ हस्पिटल ब्रेस्ट क्यान्सर विभागका निर्देशक डा.यासुहिसा फुजिमोतोले आफुले स्तन क्यान्सरको बिरामीको लागि नेपालमा प्रथम पटक पींक रिबन अभियान सुरु गरेको बताउदै नेपालमा स्तन क्यान्सर सम्बन्धि चेतनाको आबस्यक भएको बताउनु भएको थियो।

टि आइसीयु कम्पनीका अध्यक्ष डा.तोमोयुकी नाकानिशीले आफ्नो कम्पनीले बंगलादेशमा टेली मेडिसिन क्षेत्रमा सहयोग गरिरहेको बताउदै नेपालमा पनि आफ्नो सेवा बिस्तार गर्न इच्छुक भएको बताउनु भएको थियो ।

भने एकारिया कम्पनीका अध्यक्ष रुइची ओनोसेले आफ्नो कम्पनीले पिसाब बाट क्यान्सर पत्ता लगाउने प्रबिधि बिकाश गरेकोले यो प्रबिधि नेपालमा पनि धेरै महत्वपूर्ण हुने बताउनु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूताबासका नियोग उप प्रमुख कृष्ण चन्द्र अर्यालले नेपालमा अहिले स्थाई दुइ तिहाई बहुमत भएको सरकार रहेको र यो सरकारको एउटा मुख्य उदेश्य सीप, ज्ञान र लगानी भित्र्याउन इच्छुक रहेकोले सबै बिज्ञ र बक्ताहरुलाई आफ्नो सीप, ज्ञान र लगानी भित्र्याउन प्रोत्साहन गर्नु भएको थियो ।

क्योउदाइ रेमिटान्स (आइएमइ)ले प्रायोजन गरेको कार्यक्रममा करिब ७० जना जापानी र नेपालीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया