शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – बिगत बर्ष झैं यस बर्ष पनि नेपाकेन र रिस्स्यो बिश्वबिद्यालयको संयुक्त आयोजनामा जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

टोकियो स्थित यामानोते लाइनको ओसाकी स्टेशन नजिक रहेको रिस्स्यो बिश्वबिद्यालयको सभाहलमा मार्च १७ तारिख आईतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रतियोगिता हुन लागेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार येन, दोस्रो हुनेले ३० हजार येन र तेस्रो हुनेले २० हजार येन पुरस्कार पाउने छन् भने दर्शकको रोजाईमा पर्ने अडियन्स पुरस्कार १० हजार येन रहने छ ।

नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ जापान लगायत बिभिन्न संस्था तथा व्यक्तिहरुको सहयोग रहने यस प्रतियोगितामा सहभागी हुन ईच्छुक बिद्यार्थीहरूले यही फेब्रुअरी २८ तारिख सम्ममा स्पीच सहित तलको लिंकबाट अनलाइन फारम भरेर पठाउन भनिएको छ ।

साथै दर्शकको रुपमा अवलोकन गर्न र स्वयमसेवीका रुपमा सहयोग गर्न इच्छुकहरूले पनि तलको लिंकबाट छुट्टाछुट्टै अनलाइन फारम भरेर पठाउन सकिने छ । ***

कार्यक्रम हुने स्थान बारे जानकारी : 
मिति : २०१९ मार्च १७
समय : १३:०० बजेदेखि १६:०० बजेसम्म
स्थान : रिस्स्यो दाइगाकु शिनागावा क्याम्पस
ठेगाना : 141-8602 Tokyo-To, Shinagawa-Ku, Osaki 4-2-16  (9) Goukan B- 2

https://sites.google.com/view/nepaken?fbclid=IwAR1rkUr515Lhx9wUcMPLINunepo9oQUps4EqV_c77B3-zG5TN9dbxqJjLxQ

तपाईको प्रतिक्रिया