शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – पैसाको प्रलोभन देखाई किशोरी विद्यार्थीसंग अवैध यौन सम्बन्ध राखेको आरोपमा जापान प्रहरीले बुधबार बिहान एकजना पूर्व शिक्षकलाई पक्राउ गरेको छ ।

ताचिकावास्थित छात्रा हाइस्कुलमा अध्यापनरत २६ वर्षिय पूर्व शिक्षक युतारो मात्सुजाकीले ३० हजार येन तिरेर एक १६ वर्षिय छात्रासंग यौन सम्बन्ध राखेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मात्सुजाकीले पैसाको प्रलोभनमा पारी सन् २०१७ को नोवेम्वरमा शिन्जुकु खाबुखिच्योको एक होटलमा ती छात्रासंग अवैध यौनसम्पर्क राखेका थिए । अनलाईनमा भेटिएका ती छात्रा २० वर्ष भन्दा कम उमेरको भएको आफुलाई थाहा नभएको मात्सुजाकीले बताएको प्रहरीलाई उद्धृत गर्दै फुजी टेलिभिजनले जनाएको छ ।

ताचिकावा छात्रा हाइस्कुलका पार्ट-टाइम शिक्षक मात्सुजाकीले पारिवारिक कारण देखाई गत जनवरीमै राजीनामा दिई जागीर छोडेका छन् ।
गोपनियताका कारण ती छात्राको नाम र उनले अध्ययन गर्ने स्कुलको नाम खुलाईएको छैन ।***

तपाईको प्रतिक्रिया