मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडौं –  गायक सुनिल गिरीको नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक भएको छ । ‘को होला–३’को सफलतापछि शुक्रबार सुनिल गिरीको आफ्नै युट्युब च्यानलमार्फत नयाँ गीत सार्वजनिक गरिएको हो ।

स्वरमा गिरीलाई गायिका अपेक्षा गिरीले साथ दिएकी छन् । गीतको शब्द तथा संगीत पनि गिरी स्वयम्कै छ । गीतको म्युजिक भिडियोमा पुष्प खड्का र अञ्जली अधिकारीको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया