मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडौं –  चलचित्र ‘जोकर (जादुगर २)’को तिम्रो जिरो फिगर बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा धुर्व बिस्को र सुमन गुरुङले स्वर दिएका छन् ।

याक इन्टरटेनमेन्टको प्रस्तुतीमा बनेको चलचित्र महादेव त्रिपाठी आफै निर्देशन गरेको हुन् । चलचित्रमा चर्चित जादुगर हास्यकलाकार तथा कुशल अभिनेता महादेव त्रिपाठी, नव नायिका सिम्पल खरेल, विश्वका होचो कलाकार दिपेन शाह, सुरेन्द्र केसी (मुलाको साग), संगीता लामा, शिव शंकर रिजाल(जोगेन्द्र), अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, अप्सरा लक्ष्मी श्रेष्ठ, राजेन्द्र गिरि, विनोद राई, सरु धिमाल, संचारकर्मी सुर्य चन्द रेशम फिरिरी लागायतका कलाकारहरुको अभिनय रहको छ ।

चलचत्रिलाई मधुर वस्नेतले छायांकन गरेका हुन् । बिशेष पन्तको लेखन रहेको चलचित्रलाई नितेश लामाले सम्पादन गरेका हुन । आगामी फागुन ३ मा प्रदर्शन हुनेछ भने चलचित्रलाई रिच ईन्टरटेनमेन्टले वितरण गर्दैछ ।

तपाईको प्रतिक्रिया