Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजनाको बम्पर उपहार विजेता घोषित गरिएकाे छ । योजना अन्तर्गत सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पैसा पठाउने मान बहादुर खत्री १२ लाख जितेका घोषित हुनुभएकाे हाे ।

सटी एक्सप्रेस मनि ट्रान्सफरमा जापानबाट पैसा पठाएपछि खत्री लखपति एक्सप्रेस योजनामा सहभागी हुनुभएकाे थियाे । सिटी एक्सप्रेसको कम्प्लेक्स् भवनमा कार्यक्रमको आयोजना गरी सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ब्रान्ड एम्बेसडर सिताराम कट्टेल धुर्मुसद्वारा सिस्ट्ममा आधारित लक्की ड्र मार्फत विजेता घोषणा गरिएको हो ।

उपहार योजना अबधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत १ हजार ८० जनाले २ सयको मोबाइल टप अप, साप्ताहिक रुपमा ३६ जना विजेताले १० हजार नगद र ३ जनाले १ लाख नगद प्राप्त गरिसकेका छन् । सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेता छनौट गरिएको थियो ।

तपाईको प्रतिक्रिया