Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – पूर्व वनमन्त्री एवं कालिका कन्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डे चार करोड रुपैयाँ धरौटी राखेर रिहा भएका छन् । सिक्टा सिंचाइ आयोजना निर्माणका क्रममा गुणस्तरहीन काम गरेर दुई अर्ब १३ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बुधबार अदालत हाजिर भएका पाण्डेसँग चार करोड रुपैयाँ धरौटी लिएर रिहा गरिएको विशेष अदालतका रजिष्टार भिमकुमार श्रेष्ठले जानकारी दिए। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलाशले पाण्डेसँग धरौटी माग्ने वित्तिकै ग्लोबल बैंकको बैंक ग्यारेन्टी राखरे उनी तारेखमा छुटेका हुन् । अख्तियारले पाण्डेसहित २१ जनाविरुद्ध सिंचाइ आयोजना निर्माणका क्रममा भ्रष्टाचार गरेको निष्कर्ष निकाल्दै मुद्दा दायर गरेको थियो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बाँके जिल्लामा निर्माणाधीन सिक्टा आयोजना निर्माणकै क्रममा मूलनहर भत्किएको, डिजाइन नै त्रुटिपू्र्ण ढंगले गरेको, आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेण्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको र परीक्षणका क्रममा नहर भत्किसकेकोमा पुनःपरीक्षण समेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको अभियोगमा तत्कालीन चारजना आयोजना प्रमुखसहितका कर्मचारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो ।

अख्तियारले पण्डितसँग ५९ करोड, ३४ लाख, ५२ हजार, कार्कीसँग एक अर्ब ५६ करोड, ८२ लाख ८३ हजार र बस्नेतसँग २ अर्ब १३ करोड, ७६ लाख ७९ हजार बिगो दाबी गरेको छ । २०६३ सालदेखि निर्माण थालिएको आयोजना आर्थिक वर्ष २०७६/७७ मा सकिने र लागत २५ अर्ब पुग्ने सम्भावना भए पनि ५० प्रतिशत काम नसकिँदै परीक्षणका क्रममा आयोजना भत्किएको थियो ।

तपाईको प्रतिक्रिया