Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानका लागि तयार रहेको घोषणा गरेको छ । यसका लागि पूर्वाधार तयार भएको र अन्तर्राष्ट्रिय उडानको लाइसेन्स पनि भएको भन्दै कम्पनीले यस्तो घोषणा गरेको हो ।

कम्पनीले आज पत्रकार सम्मेलनमार्फत आगामी बैशाख २ गतेदेखि काठमाडौं-कोलकाला-काठमाडौं सोमबार, बुधबार र शुक्रबार गरी साताको तीन उडान शुरु गर्ने जानकारी गराएको छ । वैदेशिक रोजगारीका अलावा अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली नागरिकको संख्या कम रहेको भन्दै कम्पनीले पर्यटक यात्रुलाई लक्षित गरी उडान भर्ने बताएको छ ।

भारतबाट बाहिरिने पर्यटकमध्ये न्यून संख्यामा मात्रै नेपाल आउने गरेको भन्दै कम्पनीले भारतीय पर्यटकलाई आकर्षित गर्नुका साथै संख्यात्मक र गुणात्मक पर्यटक नेपाल भित्र्याउनका लागि होटल, ट्राभल, टुर्स, ट्रेकिङ एजेन्सीलगायत सरोकारवाला सबैको आपसी सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ । कोलकाताको परीक्षण उडान सफल भएको खण्डमा कम्पनीले २०७७ साल भदौदेखि दक्षिण एशियाका विभिन्न शहरहरुमा समेत उडान गर्ने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया