Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – कागती भिटामिन सीको भण्डार हो । यसर्थ, स्वास्थ्यका दृष्टिले कागती फाइदाजनक छ । अमिलो र रसिलो कागती स्वादको मात्र नभएर औषधीय गुणको समेत भरपर्दो स्रोत हो । अब जानौँ कागती खाँदाका फाइदा :

– पेटसम्बन्धी समस्याका लागि कागती अचुक औषधि हो । नियमित कागतीपानी खाएमा कब्जियत, स्कर्बी र पित्तथैलीको समस्याबाट राहत पाउन सकिन्छ ।

– कागतीको रसमा मह मिसाएर सेवन गर्दा रुघाखोकी सन्चो हुन्छ ।

– कागतीको सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्नुका साथै मुटुको धड्कनलाई समेत सामान्य राख्न मद्दत गर्छ ।

– कागतीले शरीरमा भएको अम्लीयपनसँग प्रतिक्रिया गरी क्षार बनाउँछ । यसले गर्दा शरीरमा हुने विभिन्न संक्रमणबाट बच्न सकिन्छ ।

– शरीरमा हुने चिल्लो पदार्थ नियन्त्रणमा राख्न कागतीले मद्दत गर्छ । साथै, रगत र कलेजोमा भएको अनावश्यक कोलेस्ट्रोलको मात्रा घटाउँछ ।

– कागतीपानी पिएमा यसले कलेजो सफा गर्छ । कलेजोका इन्जाइमहरू कमजोर भएमा ऊर्जा दिनुका साथै रगतमा भएका उत्तेजक पदार्थलाई फिल्टर गर्छ ।

– बकाइनोको फलमा कागती मिसाएर लगाउँदा दाद निको हुन्छ । र, छालामा चमक ल्याउँछ ।

– अमलाको धुलोमा कागती मिसाएर लगाउँदा कपाल झर्ने, फुल्ने र चाया पर्नेजस्ता कपालसम्बन्धी समस्या हल गर्न मद्दत पुग्छ ।

– कपुरको धुलोसँग कागती मिसाएर मनतातो पानीले सेक्दा ढाड दुखेको ठीक हुन्छ ।

– नियमित कागती खाएर शरीरको अनावश्यक तौल नियन्त्रण गर्न सकिन्छ । कागतीमा पाइने भिटामिन सीले मेटाबोलिजम बढ्ने भएकाले वजन घट्छ । साथै, बान्ता हुने, रिंगटा लाग्ने, पेट दुख्ने जस्ता समस्याका लागि पनि कागतीपानी लाभदायी हुन्छ ।

तपाईको प्रतिक्रिया