Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

इलाम – अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

अनसनको सातौँ दिन हुँदा स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले आईसीयूमा राख्नुपर्ने भएको उपचारमा सलग्न डाक्टरहरुले बताएका छन् । तर अस्पतालमा आईसीयू नहुँदा झनै समस्या भएको छ ।

डाक्टरहरुले अस्पतालमा आईसीयू नभएकाले तत्काल अरु नै अस्पतालमा रेफर गर्नुपर्ने बताएका हुन् । डाक्टर विजेन्द्रकुमार साहका अनुसार डा.केसीको मुटुको गति ३० बाट बढेर २ सय ४० सम्म पुगेको छ ।

डाक्टर केसीको घाँटी र दायाँ फोक्सोमा संक्रमण हुनुका साथै रोगसँग लड्ने क्षमता दिनहुँ कम भइरहेको पनि डाक्टर साहले जानकारी दिनुभयाे । मुटुको गति अनियमित भएर स्वास्थ्यमा समस्या भएपछि डाक्टर केसीलाई अनसनस्थल फूलगाछीबाट सोमबार बिहान ९ बजे जिल्ला अस्पताल इलाममा सारिएको हो ।

तपाईको प्रतिक्रिया