Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

– मेलानोसाइटिस कोष विविध कारणले घट्दै गएपछि क्रमिक रूपमा कपाल सेतो हुँदै जान्छ ।
– शरीरमा प्रोटिन, आइरन, भिटामिन बी, जिंकजस्ता पोषक तत्वको  कमी हुनु ।
– वंशानुगत गुणका कारणसमेत कपाल फुल्ने गर्छ । आमाबाबु वा परिवारका अन्य सदस्यमा सानै उमेरमा कपाल फुल्ने समस्या भएमा छोराछोरीमा समेत त्यो देखा पर्न सक्छ ।
– मलेरिया र डिप्रेसनका तथा एन्टिबायोटिक औषधि लामो समयसम्म प्रयोग गरेमा ।
– कपालमा प्रयोग गरिने रसायनयुक्त वस्तु, जस्तै– रङ, मेहदी, स्याम्पु आदिका कारण ।
– बच्चा अवस्थामै डिप्रेसन, स्ट्रेस, थाइराइड, एनिमियाजस्ता रोग लागेमा यसको असरले कपाल फुल्ने समस्या देखा पर्छ ।
हर्मोनमा परिवर्तन, धूम्रपान, गुट्खा, मदिरा सेवनले समेत कपाल चाँडो फुल्ने  सम्भावना रहन्छ ।

समाधान
– उमेर नपुग्दै कपाल फुल्ने समस्या देखिएमा अधिकांशले कस्मेटिक प्रसाधनका सामान प्रयोगमा ल्याउने गर्छन् । यदपि, यिनीहरूमा पाइने रसायनले कपालमा बढी नकारात्मक असर पर्छ ।
– नरिवलको तेलमा कागतीको रस मिसाएर मसाज गर्ने । त्यस्तै, कपालमा नियमित बदाम र नरिवलको तेल लगाउन सकिन्छ । यसले कपाल फुल्ने मात्र नभएर रुखो हुने समस्याबाट समेत बच्न सकिन्छ ।
– अमलाको रस निरन्तर कपालमा लगाएमा सेतो कपाल कालो हुन्छ ।
– कपालमा काँचो मेवा र कालो तिलको रसको प्रयोग गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया