Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – सरकारले सहुलियत ब्याजदरमा कर्जा दिने भएपछि वैदेशिक रोजगारीबाट फर्किएका २० हजार बढीले आवेदन दिएका छन् । सरकारले आज अन्तिम म्याद तोक्दै आवेदन मागेको थियो । यो अवधिमा करिव १८ हजार ७ सय ३१ आवेदन परेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयाे ।

उहाँका अनुसार अनलाइनबाट आएका निवेदन डाउनलोड गर्ने क्रम चलिरहेको छ । अनलाइनबाट पनि २ हजारभन्दा धेरैको आवेदन आएको जनाएको छ । छानबिन गरेर बोर्डले प्रक्रिया पूरा भएर आएका आवेदन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयमा बुझाउने छ । मन्त्रालयको सिफारिसमा वाणिज्य बैंकहरुले उनीहरुको व्यवसायको योजना हेरेर बढिमा १० लाख रुपैयाँसम्म ऋण दिने छन् । सहुलियत कर्जा दिनको लागि सरकारले उच्च स्तरीय कार्यदल समेत बनाइसकेको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकले भने गत साताबाट नै सरकारको घोषणा अनुसारको कर्जा दिन थालिसकेको छ ।

वैदेशिक रोजगारीबाट फर्की स्वदेशमै केही गर्न चाहनेहरुलाई सरकारले सहुलियत दरमा कर्जा दिने चालु आर्थिक वर्षको बजेटमार्फत सार्वजनिक गरेको थियो । कर्जाका लागि आवेदन दिनेहरु कुनै पनि देशमा रोजगारी गरेको कम्तिमा ६ महिना र वैदेशिक रोजगारीबाट फर्किएको तीन वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ । यस्तो कर्जा विदेशको आवासीय अनुमति पत्र लिएकाहरुले भने पाउँने छैनन् ।

कर्जा लिन आवेदनसँगै आफूले गर्ने व्यवसायका लागि आवश्यक बजेट र आफूले गर्ने व्यवसायको बारेमा प्रष्ट उल्लेख गरेको पर्नेछ । यस्तो कर्जाको ब्याज तीन प्रतिशत हुनेछ । यो कर्जा पाँच वर्षभित्रमा फिर्ता गर्नु पर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया