Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले सरकारले दिने भनेको सहुलियत दरको ऋणमा तीब्र इच्छा व्यक्त गरेका छन् । सहुलियत दरमा ऋण लिने युवाहरुका लागि पुस मसान्तसम्मको म्याद दिएर निवेदन आह्वान गरेको थियो ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड मार्फत सरकारले निवेदन आह्वान गरेको थियो । रोजगारीबाट फर्किएका युवाको ठूलो समूह सरल कर्जा फारम भर्न वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा लाइन लागिरहेको छ । सरल कर्जाका लागि आवेदन म्याद पुस मसान्तसम्म भएकोले ऋण लिएर उद्यमी बन्न चाहने युवाको भीड बोर्डमा देखिएको हो ।

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई सरकारले वाणिज्य बैंक मार्फत १० लाख ऋण दिने बताएको थियो । अहिले बोर्डले आवेदन लिइरहेको छ । सरकारले ऋण दिने भनेपछि आफू आवेदन लिएर आएको १० वर्ष साउदी बसेर आएका रामशरण न्यौपानेले बताउनुभयाे ।

उहाँले ऋण पाएमा आफू स्वदेशमै स्वरोजगार बन्ने बताउनुभयाे । अहिलेसम्म ऋण दिने वा नदिने भन्ने विषयमा टुंगो लागेको छैन । प्रवद्र्धन बोर्डले आवेदन मात्रै मागेको हो । बोर्डले यो ऋण दिने पनि होइन । बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले ऋण आफूहरुले दिने नभएर सरकारले वाणिज्य बैंकबाट ऋण उपलब्ध गराउने गरी कार्यक्रम ल्याएको बताउनुभयाे । 

तपाईको प्रतिक्रिया