Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

हामीमध्ये धेरैजना प्रायः दैनिक शारीरिक व्यायाम गर्छौं । यद्यपि, स्वस्थ रहन शरीरको मात्र व्यायाम गरेर हुँदैन, छाला र अनुहारका लागि पनि केही गर्नुपर्ने हुन्छ । फेसियल अनुहारमा गरिने एक प्रकारको व्यायाम नै हो ।

नेपालमा ३०–३५ वर्ष उमेर पार गरेपछि मात्र फेसियल गर्नुपर्छ भन्ने मान्यता छ । जो गलत हो । सबै उमेरका मानिसले फेसियल गर्न सक्छन् । फेसियलले अनुहारलाई चम्किलो बनाइराख्छ । यद्यपि, फेसियल गर्ने वेला भने ध्यान दिन आवश्यक हुन्छ ।

फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कुलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्त कोषहरू पनि सक्रिय हुन्छन् । फेसियलले ब्लकेज भएर बसेका कोषलाई पनि खोल्ने काम गर्छ ।

तपाईको प्रतिक्रिया