Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको चिकित्शकहरुले बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

डा केसीको रक्तचाप घट्नुको साथै शरीरमा चिसो पसिना आउने, हात थर्थराउने समस्या देखिएको चिकित्सकले जनाएका छन् ।

हिजोदेखि उहाँको छातीमा समस्या देखिनुका साथै खोकी समेत बढेकोले त्यसले निमोनिया तथा अन्य संक्रमणको जोखिम बढ्ने देखिएको भन्दै चिकित्सकहरुले सावधानी अपनाउन सहयोगीलाई सुझाइएको छ ।

संसदीय समितिले डा. केसीसँगको सम्झौता विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि डा केसीले ६ बुँदे मागसहित अर्को चरणको सत्याग्रह शुरु गर्नुभएको हो ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिभुवन विश्वविद्यालयका पदाधिकारी लगायतका व्यक्तिलाई बर्खास्त गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीद्वारा चिकित्सा अध्ययन संस्थानका खोसिएका अधिकार संस्थानमै फिर्ता गर्नुपर्ने माग डा। केसीले गर्नुभएको छ ।

यस्तै सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम अघि बढाउनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस भर्ना सुरु गर्नुपर्ने र निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने लगायत माग उहाँको छ ।

यसैबीच डा केसीको समर्थनमा आज उहाँका समर्थकहरुले माइतीघरमा प्रदर्शन गर्दै छन् । लामो समयदेखि डा केसीको समर्थनमा सक्रिय अभियान्ताको अगुवाईमा प्रदर्शन हुन लागेको ऐक्यबद्धता अभियानका अभियान्ता प्रितम सुवेदीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया