मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

टोकियो – जापानको इवाराकीमा शनिवार एक नेपालीको निधन भएको छ ।

म्याग्दी घरभै पोखरा बस्दै आएका ५१ वर्षिय गोपाल मल्लको शनिवार दिउँसो इवाराकीकेन कोगा सिटीको हिगासी यामातास्थित साथीको कोठामा निधन भएको हो ।

विगत ३१ वर्ष देखि जापानमा रहेका मल्लको श्रीमती र ३ छोराहरु छन् । लामो समयदेखि बेरोजगार र साथीभाइको आश्रय लिएर बस्दै आएका मल्लको प्रतिकुल स्वास्थ्य स्थिति र सो अनुसारको उचित ध्यान पुर्‍याउन नसकेका कारण मृत्यू भएको हुन सक्ने निकटवर्तीहरुले बताएका छन् ।

मल्लको शवलाई शनिवार सांझदेखि प्रहरीले जिम्मा लिएको र परिवारका सदस्यहरुसंग सम्पर्कको प्रयास भईरहेको बताईएको छ ।

घटना पश्चात दर्शन समाज जापानका पदाधिकारीहरु आवश्यक सहजीकरणका लागि त्यसतर्फ प्रस्थान गरेको समाचार छ ।

जापानी श्रीमतीसंग सम्बन्ध विच्छेद गरी मल्लले नेपालीसंग विवाह गरेका थिए । केही वर्ष अगाडिसम्म जापानमै रहेकी उनकी नेपाली श्रीमती हाल भने नेपालमा छिन् । ***

तपाईको प्रतिक्रिया