आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं– ‘नेपाल आइडल २’को अडिसनबाटै चम्किएकी करिश्मा विष्टको पहिलो गीत ‘इको नि लाग्यो…’सार्वजनिक भएको छ ।

अडिसनको समयमा समेत उनले गाएको यो गीत नेपाल आइडियलको युट्युवमार्फत सार्वजनिक गरिएको हो । र्याप शैलीको यो गीतको भिडियो पनि करिष्मा विष्टनै देखिएकी छन् ।

गीतमा पढ्न नसकेको पिडा व्यक्त गरिएको छ । बिहिबार सार्वजनिक गरिएको गीतले युट्युवमा समाचार तयार गर्दासम्म २ लाख १४ हजार  दर्शक पाएको छ ।

तपाईको प्रतिक्रिया