आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – दोस्रो नेपाल आइडलको उपाधि रवि ओडले जितेका छन् ।

उनले निर्णायकहरु न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्काेटा तथा इन्दिरा जाेशीकाे निर्णय तथा प्राप्त भएका भोटका आधारमा बाँकी तीन प्रतिस्पर्धीलाई उछिन्दै उपाधि हात पारेका हुन् ।

त्यसैगरी पोखराका बिक्रम बरालले दाेस्राे तथा सुमित पाठकले तेस्राे स्थान प्राप्त गरे भने झापाकी अस्मिता अधिकारीले चाैथाे स्थान ओगट्न सफल भइन् ।

पुल्चाेकमा रहेेकाे इञ्जिनियिरङ कलेजकाे मैदानमा भएकाे ग्राण्ड फिनालेमा अन्तिम ४ मा पुगेका रबि ओड, बिक्रम बराल अस्मिता अधिकारी र सुमित पाठकलगायत उत्कृष्ट १० मा पर्न सफल कृशल कँडेल, पवन गिरी, नीलिमा थापा मगरले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया