Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – योग अभ्यासले सबै रोग तथा चोटपटकमा प्रतिरक्षा प्रणालीलाई मजबुत बनाई रोगसँग लड्न सहयोग गर्नुका साथै भविष्यमा रोगबाटसमेत बचाउँछ ।

-योगले पुनस्थापनामा समेत सहयोग गर्दछ । पुनस्थापना भन्नाले रोग, चोटपटक, मानसिक असन्तुलन आदिबाट पुनः सामान्य अवस्थामा फर्काउनु अथवा सो हुन नसकेमा भइरहेको अवस्थामा अत्यधिक सहजता ल्याउनु भन्ने बुझिन्छ । योग पुनस्र्थापना विशेष गरी हृदयघात, मस्तिष्कघात, ठूला चोटपटकपछि हुने शारीरिक तथा मानसिक अक्षमता, मानसिक तनाव, क्यान्सर, कुलतमा रहेका बिरामीलाई पुनः सामान्य अवस्थामा फर्काउनु अथवा उनीहरूका दैनिक गतिविधि सहज गराउन उपयोगी हुन्छ । वैज्ञानिक अध्ययनहरूमा सामान्य पुनस्र्थापनाभन्दा यौगिक पुनस्र्थापना बढी उपयोगी भएको पाइएको छ ।

-योगले आनन्दमा आधारित जीवनशैली सिकाउँछ, जुन सहज र दीर्घकालीन हुन्छ । तर, अहिले चलिरहेको जीवनशैली डरमा आधारित छ, जुन मानिसलाई थाहा हुँदाहुँदै पनि अवलम्बन गर्न गाह्रो हुन्छ ।

तपाईको प्रतिक्रिया