Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं  – मुटुको कुनै पनि धमनीमा शतप्रतिशत अवरोध भई मांसपेशीले काम गर्न नसक्नु हृदयाघात हो । हृदयाघात उक्त भागको मृत्युसमेत हुनु हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसरी हुन्छ हृदयाघात 
रक्तनलीमा तीन कारणले अवरोध हुने गर्दछ । रक्तनलीमा बोसो जमेमा, रक्तनली फुटेमा र उच्च रक्तचापका कारण मुटुमा दबाब परेमा धमनीमा अवरोध सिर्जना हुन्छ । स–साना धमनीमा अवरोध हुँदा खासै असर देखिँदैन । तर, बायाँतिरको मुख्य धमनीमा अवरोध भएर हृदयाघात भएमा त्यो प्राणघातक हुन सक्छ ।

सुर्तीजन्य पदार्थको सेवन, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, वंशानुगत गुण आदि कारणले हृदयाघात हुने गर्छ । त्यस्तै, पुरुषमा हुने विभिन्न हर्मोनका कारणसमेत हृदयाघातको जोखिम हुन्छ । उमेर बढ्दै जाँदा महिला र पुरुष दुवैमा हृदयाघात हुने सम्भावना बढ्छ ।

लक्षण यस्ता
सामान्यतया हृदयाघातको लक्षण थाहा नै हुँदैन । व्यक्तिपिच्छे फरक–फरक लक्षण देखा पर्छन् । हृदयाघात भएको सुरुमा थाहा नहुँदा ढिला गरी चिकित्सककहाँ पुग्ने गरिन्छ । छाती दुख्नु, कमजोरी महसुस हुनु, बंगारा दुख्नु, दम बढ्नु वा स्वाँ–स्वाँ हुनुजस्ता लक्षण हृदयाघात हुनुअघि देखिन्छन् । साथै, कसैमा पेट दुख्ने, मुटु ढुकढुक हुने, बेहोस हुने आदि समस्यासमेत देखा पर्न सक्छन् । यस्ता लक्षण देखा पर्न थालेमा तुरुन्त चिक्तिसककहाँ जानुपर्छ ।

जाडोमा यसकारण जोखिम
जाडो मौसममा बढी निष्क्रिय जीवनशैली हुन्छ । त्यसकारण मुटुरोगका बिरामीका लागि हृदयाघातको उच्च जोखिम हुने गर्छ । चिसोका कारण शरीरका नसा साँघुरिँदा मुटुमा कार्यभार बढी हुन्छ, अनि हृदयाघातको जोखिम बढ्छ । त्यस्तै, चिसोमा कहिलेकाहीँ अचानक रक्तचाप बढ्ने भएकाले नसा फुटेर हृदयाघात हुने गर्दछ ।

जाडोमा हृदयाघात हुनुको अर्को प्रमुख कारण हर्मोनको गडबडी पनि हो । शरीरमा रहेका विभिन्न हर्मोन बिहानीपख बढी सक्रिय रहने हुन्छ, जसकारण पनि हृदयाघात हुन्छ ।
यीबाहेक चिसोकै कारण फोक्सोमा संक्रमण, निमोनिया, दम आदि समस्या हुन्छ । त्यसैगरी, जाडोयाममा अन्य विभिन्न कारणले मुटुलाई असर गर्ने हुँदा यो समयमा हृदयाघातको जोखिम अत्यधिक हुन्छ ।

तपाईको प्रतिक्रिया