Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ । सोमबार बिहान काठमाडौंको न्यूनतम् तापक्रम २.५ डिग्री सेल्सियस मापन गरियो । मौसम पूर्वानुमान महाशाखाकाअनुसार सोमबार यो वर्षको हालसम्मको सबैभन्दा चिसो दिन रह्यो ।

चिसोको कारण नेपालमा वर्षेनि धेरैको मृत्युसमेत हुने गरेको छ । पुस लागेसँगै बढेको चिसोका कारण बिहानीको समयमा काठमाडौंका विभिन्न स्थानमा आगो तापेर बसिरहेको दृश्य देख्न सकिन्छ । पछिल्लो समय चिसोबाट बच्न इलेक्ट्रिक, केरोसीन र ग्यास हिटरको बढी प्रयोग हुन थालेको छ ।

यस्ता उपकरणहरु प्रयोग गर्दा स्वास्थ्यमा कस्तो असर गर्छ भन्नेमा भने धेरै जानकार देखिँदैनन् । कोठाभित्र आगो बाल्दा या अन्य उपकरणको प्रयोग गर्दा कोठाको वातावरण सुक्खा हुने र श्वास फेर्न गाह्रो हुन गइ मानिसको ज्यानैसमेत जानसक्छ ।

कोठाभित्र आगो बाल्दा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरुलाई बढी नै असर गर्छ । छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासकाअनुसार चिसोबाट बच्न आगो ताप्नुको सट्टा न्यानो कपडा लगाएर बस्नु फाइदाजनक हुन्छ ।

रातको समयमा कोठाभित्र आगो बाल्नु, हिटरलगायतका अन्य उपकरणहरुको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पर्ने उहाँको भनाइ छ । चिसोमा न्यानो कपडा लगाउने, बिहानको समयमा सकभर बाहिर ननिस्कन डा. दासको सुझाव छ ।

जाडोमा शरीर न्यानो बनाउन हिटर, आगोलगायतको प्रयोग सकभर प्रयोग कम गर्नु नै स्वास्थ्यका लागि उचित हुन्छ । न्यानो कपडा र झोलिलो पदार्थको प्रयोग बढी गर्न सकियो भने पनि चिसोबाट धेरै हदसम्म जोगिन सकिन्छ ।

तपाईको प्रतिक्रिया