Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – आजभोलि मानिस विनाकारण निराश भइराखेका हुन्छन् । उनीहरूले कारण के हो भनेर पत्ता लगाउन सकेका हुँदैनन् । हुन पनि व्यस्त सेड्युल छ, मानिसको । आफूले आफ्नै लागि समय निकाल्न गाह्रो छ । यसैकारण हामी (मानिस)लाई निराश बनाउने धेरै कुरा पत्ता लगाउन कठिन छ । तपाईं पनि आफू उदास हुनुको कारण थाहा नपाएर अचम्म त मान्दै हुनुहुन्न ? यदि हो भने हामीले केही कारण र समाधान खोज्ने प्रयास गरेका छौँ :

एक्लोपन
एउटा अनुसन्धानअनुसार सामाजिक सम्बन्धको कमीका कारण अधिकांश मानिस डिप्रेसनको सिकार भइरहेका हुन्छन् । यसलाई एक्लोपन भनिन्छ । एक्लोपन पनि विभिन्न प्रकारका हुन्छन् । केही मानिस समाज वा साथीभाइमाझ रहे तापनि एक्लो महसुस गरिरहेका हुन्छन् । । भिडमा हुँदा पनि एक्लो महसुुस हुनु ठूलो मानसिक समस्या हो ।यसबाट बच्न साथीहरूसँग आफूलाई समावेश गर्नुपर्छ । आफूलाई साथीभाइमाझ सकेसम्म घुलमिल गराउनुपर्छ ।

भावना दबिनु
मानिसमा उदासी, क्रोध, चिन्ताजस्ता भाव हुन्छन् । यिनलाई उनीहरूले दबाएर राखेका हुन्छन् । जस्तै, हाम्रो समाजमा केटा मान्छे रुनु हुँदैन भन्ने सिकाइन्छ । यस्तो हुँदा पुरुषले पीडा दबाएर  राखेका हुन्छन् । फलस्वरूप डिप्रेसन हुन्छ । यसको समाधानका लागि आफ्ना असन्तुष्टि र कुण्ठालाई बाहिर प्रस्फुटन गर्नुपर्छ । परेका वेला खुलेर रुनुपर्छ ।

जिन्दगीको अर्थ पत्ता लगाउन नसक्नु
हरेक मानिसले आफ्नो वर्तमान र भविष्यबारे केही न केही सोचिराखेका हुन्छन् । कतिपयले बच्चा र किशोर अवस्थादेखि नै जीवनमा यो गर्ने, यस्तो बन्ने भनेर धेरै योजना बुनेका हुन्छन् । तर, अहिले विभिन्न कारणले ती पूरा भएका छैनन् । त्यसैले त मानिस राम्रो पदमा जागिर गरिराख्दा र सुखी परिवार हुँदासमेत खुसी छैन । यसको समाधानका लागि आफूले प्राप्त गरेका उपलब्धिहरूबाट खुसी हुने प्रयास गर्नुहोस् । आफ्ना अप्ठ्यारा विगत कोट्याउनुहोस्, अनि अहिले धेरै प्रगति गरेको महसुस गर्नुहोस् ।

 क्रिटिकल तरिकाले सोच्नु
आफूले गरेका हरेक काम र अरूसँग भएका व्यवहारलाई क्रिटिकल तरिकाले सोच्नु अर्काे डिप्रेसनको कारण हो । यसबाट बच्न संसारमा गल्ती नगर्ने मानिस कोही छैन भन्ने जानेर अघि बढ्नुपर्छ । काम गर्नेले नै गल्ती गर्छ भन्ने बुझ्नुपर्छ । आफूलाई के कुराले तनाव दिइरहेको छ भन्ने पत्ता लगाउनुपर्छ ।

तपाईको प्रतिक्रिया