-बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ ।
-बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पु-याउँछ ।
-पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ ।
-पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ ।
-गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ ।
-ग्यास्ट्रिक र अल्सरका लागि पनि तामा राम्रो मानिन्छ ।
-नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ ।
-तामाले मुटुसम्बन्धी रोगको सम्भावनालाई कम गर्छ । त्यसैले तामालाई मुटुको स्वास्थ्यमैत्री खाद्य परिकार मानिन्छ ।
-तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ ।
-आन्तरिक तथा बाह्य रूपमा हुने मानिसका विभिन्न घाउ तथा चोट ठीक गर्न उपयोगी छ ।
-रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ ।
-फोक्सोसम्बन्धी बिमारीलाई त झन् अमृत मानिन्छ, बाँसको तामा ।
श्वासप्रश्वासका बिरामीलाई नियमित रूपमा तामा खुवाउँदा बिस्तारै निको हुँदै जान्छ ।