आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं –  चीनको सान्यामा आयोजना गरिएको मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आज हुँदैछ ।

एक महिनादेखि विभिन्न विधामा भैरहेको प्रतियोगिताका स्पर्धामा १ सय १८ मुलुकका सुन्दरीले सहभागीता जनाएका छन् । प्रतियोगितामा सहभागी हुन चीन पुगेकी मिस नेपाल २०१८ श्रृंखला खतिवडाले दुई वटा महत्वपूर्ण स्पर्धामा जित हासिल गर्दै अन्तिम ३० मा स्थान बनाएकी छिन् ।

आजको अन्तिम प्रतिस्पर्धामा अन्तिम १५ पछि अन्तिम ५ को छनोट गरी उपाधि घोषणा गरिनेछ । श्रृंखलाले मिस वल्र्डको ब्यूटी विथ अफ पर्पस अवार्ड जितेकी छिन् । सन् २०१३ मा ईशानी श्रेष्ठले जितेको ब्यूटी विथ अफ पर्पस अवार्ड नै अहिलेसम्म नेपालले मिस वर्ल्डमा हासिल गरेको एक मात्र टाईटल अवार्ड हो ।

२३ वर्षिय श्रृंखलाले ललितपुरको पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पसबाट आर्किटेक्ट इन्जिनियरिङमा स्नातक गरेकी छिन् ।

तपाईको प्रतिक्रिया