आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – श्रीकृष्ण बम मल्ल र लक्ष्मी मल्लको पञ्चेबाजाको गीत ‘बागलुङ गल्कोट’ बजारमा आएको छ ।

गीतमा श्रीकृष्ण र लक्ष्मीको आवाज रहेको छ । श्रीकृष्ण र यम बुढाथोकीको शब्द रहेको गीतमा संगीत भने श्रीकृष्णकै छ । श्रीकृष्णकै निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा मल्ल, मेलिना ठकुरी, केशव सिंह र राधिका सिंहलाई देख्न सकिन्छ ।

गीतमार्फत मल्लले आफ्नो गाउँबस्ती र माटोप्रतिको प्रेमभाव प्रकट गरेका छन् । दुबई कतार, मेलेसिया, कोरिया, जापान जस्ता बिदेश जानुको सट्टा आफ्नै देशमा दुःखका साथ मिहितेन गरेर खानुमा जस्तो सन्तुष्टि अन्यत्र नपाईने उनको गीतको केन्द्रीयभाव पाईन्छ ।

’मात्छ मान्छे धन र बैशले, मरेपछि पोल्दैनन् पैसाले’ जस्ता शब्दको प्रयोगद्वारा पैसाको मात्र पछि लागेर देशलाई उपेक्षा गर्न नमिल्ने उक्त गीतमार्फत सन्देश दिन खोजिएको छ । जुन देशमा जन्मियो त्यही माटोमा पसिनाले सिंचित गर्दै रमाउनुमा स्वर्णिम आनन्द भेटिने बिषयवस्तुलाई गीतमा चित्रण गरिएको छ ।

आर एस डिजिटलको प्रस्तुती रहेको गीत श्रीकृष्ण बम मल्लकै युटुव च्यानलमार्फत बजारमा आएको हो ।***

तपाईको प्रतिक्रिया