आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – विगत ६२ वर्षदेखि नेपालीकला, साहित्य तथा संस्कृतिका क्षेत्रमा क्रियाशिल संस्था नवीन कला मन्दिरले चलचित्र पत्रकार तथा गीतकार शान्तिप्रियसहित चार स्रष्टालाई सम्मान गरेको छ ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा गीतकार रत्न शम्सेर थापा, गायिका ज्ञानु राणा र अभिनेत्री शकुन्तला शर्मालाई सम्मान गरेको हो । ‘सांस्कृतिक जागरण हाम्रो अभियान’ मूल नाराका साथ आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्रष्टालाई सम्मान गरेका हुन् ।

रंग पत्रकार प्रियलाई विगत साढे दुई दशक देखि अनवरत रुपमा रंग पत्रकारिता एवं गीत लेखनका माध्यमबाट नेपालीकला संस्कृति, चलचित्र तथा गीत संगीत क्षेत्रको श्रीवृद्धिका निम्ती महत्वपूर्ण योगदान पुर्राए वापत योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको संस्थाले बताएको छ ।

कार्यक्रमका अध्यक्षका रुपमा संस्थाका अध्यक्ष निर्मल रिमाल थिए भने कार्यक्रमको संचालन गायक÷संगीतकार नरहरी प्रेमीले गरेका थिए ।

तपाईको प्रतिक्रिया